Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • ठेक्कापट्टा चाँडो सक्न लेखा समितिको निर्देशन

ठेक्कापट्टा चाँडो सक्न लेखा समितिको निर्देशन

alt
  • माघ २४, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराई र ठेक्कापट्टाको काम गर्न गराउन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

बजेट कार्यान्वयन, सञ्चीत रकमको खर्च र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता व्यवस्थापनका विषयमा आज बसेको समितिको बैठकले मुख्य सचिवमार्फत सरकारलाई सो निर्देशन दिएको हो । समितिका सभापति डोरप्रसाद उपाध्ययले बजेट कार्यान्वयनको प्रमुख चुनौतीका रुपमा रहेको पुँजीगत खर्चको अवस्था अझै पनि निराशाजनक भएको भन्दै त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताए । उनले भने, “हालसम्म कतिपय आयोजनामा छुट्याइएको बजेटभन्दा कम रकमको अख्तियारी भएको र १५ दिनभित्र सम्पूर्ण रकम अख्तियारी दिने व्यवस्था मिलाउन बैठकको निर्देशन छ ।” राष्ट्रिय गौरवका आयोजनाको निर्माण मोडालिटी तय हुने गरी पहिलो प्राथमिकतामा राखी कार्य प्रारम्भ गर्न नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले आयोजना कार्यान्वयनमा सम्बन्धित जिम्मेवार पक्षसँग कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन पद्धति सबै आयोजनामा लागू गर्न पनि निर्देशन दिएको छ । चालु आर्थिक वर्षमा विनियोजित रकममध्ये जेठ महिनाभित्र ८० प्रतिशत गर्नैपर्ने र असार महिनामा कुनै पनि बाहनामा २० प्रतिशतभन्दा बढी खर्च नहुने गरी खर्च गर्न पनि निर्देशन दिएको छ । बैठकले निर्माण व्यवसायीका गैरजिम्मेवारीका कारणले काममा ढिलाइ भएकाले सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने र गलत काम गर्नेलाई जवाफदेही बनाउने संयन्त्रको विकास गर्न भनेको छ । वैदेशिक सहायताको पहिचानलाई प्रभावकारी बनाउन सोध भर्नालगायतका प्रणालीगत र संस्थागत सुधारमा जोड दिई क्षमता अभिवृद्धि गराउन बैठकले सरकारलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय तरलता व्यवस्थापनमा हाल देखिएको समस्यालाई समाधान गरी संस्थाको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकको अनुगमन क्षमतालाई अभिवृद्धि गरी नीतिगत तथा संस्थागत सुधार गरी तरलताको स्पष्ट मान्यता कार्य गर्ने गराउन निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी गर्दा उपभोग्य क्षेत्रमा लगानी गर्नेभन्दा पुँजी निर्माण, उत्पादन, उत्पादकत्व वृद्धि हुने तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्ने नीति बनाउन राष्ट्र बैंकलाई बैठकले निर्देशन दिएको छ । बैठकमा सहभागी संसद्ले तोकिएको पुँजी खर्च नगर्ने र अन्य शीर्षकमा थप बजेट माग गर्ने तथा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको देखिनु सरकारको गलत मनसाय भएको बताउँदै तरलताको व्यवस्थापन गर्ने र रकमान्तर रोक्नसपर्ने धारणा व्यक्त गरे । सो अवसरमा अर्थ सचिव डा शान्तराज सुवेदीले प्रचलित नीति बाहिर रहेर रकमान्तर नगरिएको उल्लेख गर्दै पुँजीगत खर्चलाई बढाउन अर्थ मन्त्रालयले यथाशक्य पहल गरेको बताए । भौतिक पूर्वाधारमा आएको ढिलाइ र पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले पुँजीगत खर्च हुन नसकेको पनि उनले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निक्षेप सङ्कलनमा आएको समस्याका कारण बजारमा लगानी योग्य रकम अभाव भएको भन्दै अर्थतन्त्रमा कुनै समस्या नआउने बताए । उनले रु पाँच खर्ब ३१ अर्बसम्म रकम बजारमा पठाउनसक्ने क्षमता राष्ट्र बैंकसँग रहेको जानकारी दिँदै सरकारले लिएको आर्थिक लक्ष्यलाई सम्बोधन हुने अवस्था रहेको छ भने।

रासस

सम्बन्धित समाचार
धरान इटहरी सडक खण्डमा एकको मृत्यु

धरान । कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डको चारकोशे झाडी क्षेत्रमा म ...

धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट यही असार ३० गते फेसबुकमार्फत् एउटा व ...

ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम

सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर ह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान इटहरी सडक खण्डमा एकको मृत्यु
धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन
ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम
स्व. तारा सुब्बाको सम्झनामा स्मृति सभा
सार्वजनिक सम्पतिमा जनचासो जरुरी
आजको राशिफलः २०८२ साल साउन २ गते शुक्रबार
कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित
इटहरीका प्रमुखले सवारीमा खर्चिए १२ करोड
प्रतिबन्धित औषधिसहित दुई पक्राउ
साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व
सुनसरी उवासङ्घको नयाँ समितिप्रतिको अपेक्षा र जिम्मेवारी
आजको राशिफलः २०८२ साल साउन १ गते बिहीबार
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी
भारतीय अपराधीबाट नेपालमा अपराध
चट्याङ पीडितलाई आमचोक समाजको सहयोग
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved