Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • ज्येष्ठ नागरिकको सारथी मिलन केन्द्र

ज्येष्ठ नागरिकको सारथी मिलन केन्द्र

alt
  • माघ २८, २०७३
  • ब्लाष्ट खबर

पोखरा/ विन्ध्यवासिनी क्षेत्रमा सञ्चालनमा रहेको ‘ज्येष्ठ नागरिक मिलन केन्द्र’ यस आसपासका ज्येष्ठ नागरिकको सारथी बन्दै गएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा २०७२ माघदेखि सञ्चालित सो केन्द्रमा हाल दैनिक ४५ देखि ७० जनासम्म ज्येष्ठ नागरिक आउने गरेका छन् । सुरुमा दैनिक ३० जना ज्येष्ठ नागरिकलाई बस्न मिल्ने व्यवस्था गरी सुरुवात गरिए पनि चाप बढेपछि ६० देखि ७० जनासम्म बस्ने व्यवस्था गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ बताए।

मिलन केन्द्र दिनहुँ १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिन्छ । केन्द्रमा ज्येष्ठ नागरिकका लागि समितिद्वारा निःशुल्क सेवा प्रवाह गरिएको छ । “चिया तथा खाजा खुवाउन मासिक रु तीन लाखदेखि रु चार लाखसम्म खर्च लाग्छ,” उनले भने । विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको श्रेष्ठले बताए।

केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । हालसम्म उक्त कोषमा रु सात लाख सङ्कलन भइसकेको छ । यस वर्ष केन्द्रका लागि महिला विकास शाखा, कास्कीबाट रु तीन लाख प्राप्त हुँदै छ । जिविसले रु ७५ हजार बजेट छुट्याएको छ । “दीर्घकालीन रुपमा केन्द्र सञ्चालन गर्न सरकारसँग पहल भइरहेको छ,” उनले भने ।

ज्येष्ठ नागरिकको एक्लोपन हटाउन केन्द्र सञ्चालनमा ल्याइएको हो । उमेरका कारण अन्य काम गर्न पनि नसकिने अवस्थामा समय बिताउन र आफ्नो उमेर समूहका दौँतरी साथीसँग भेट्न पाउने भएका कारण केन्द्र ज्येष्ठ नागरिकका लागि सारथी जस्तै बनेको श्रेष्ठको भनाइ छ । विन्ध्यवासिनीमा जस्तै देशका अन्य ठाउँमा यस किसिमका केन्द्र सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ । केन्द्रमा आउने ज्येष्ठ नागरिक दिनभर केन्द्रमा बसेर बेलुका घर फर्कने गरेका केन्द्रका कर्मचारी नवराज तिमल्सिना बताउछन् । उनीहरुले दिउँसो भजन कीर्तन, प्रवचन सुन्नुका साथै टेलिभिजन हेर्ने, बाघचाल, लुडो खेल्ने गर्छन । महिनामा एकपटक पोखराभित्रका विभिन्न स्थानको भ्रमणसमेत गराइन्छ । दुई–दुई महिनाको अवधिमा ज्येष्ठ नागरिकको स्वास्थ्योपचार गरिन्छ । केन्द्र सञ्चालनले आफूजस्तै अन्य ज्येष्ठ नागरिकमा खुसी ल्याएको पोखराका केआइसिंह पुल क्षेत्रका ८० वर्षीया विष्णुमाया केसी बताए । “यहाँ आएपछि शान्ति मिल्छ,” उनले भने । पोखराको मान सडकका ७३ वर्षीय इन्द्रबहादुर कार्की केन्द्रमा आफ्ना उमेर समूहका साथीसँग भेट गर्न पाउँदा छुट्टै किसिमको आनन्द मिल्ने गरेको र भेटघाटका कारण एक्लोपनको महसुस हुन छाडेको बताए ।

रासस

सम्बन्धित समाचार
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन

इटहरी । सुनसरीको इटहरी उपमहानगर–६ सङ्गीत चौकमा मकै पोल्दै आएकी ४४ वर्षीया र ...

भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ

भद्रपुर । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित जिल्ला प्रहरी कार्याल ...

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइए ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved