[caption id="attachment_29451" align="alignleft" width="426"] आगलागीबाट क्षति भएको सामग्री । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]

धरान/धरान–६ निकेतन गल्लीमा रहेको एक पसलमा आगलागी भएको छ । आगलागीबाट करिव ६० लाख रुपैयाको धनमाल जलेर नष्ट भएको छ ।

धरान प्रहरीका अनुसार निकेतन गल्लीमा छिर्ने कटकबहादुर बस्नेतले निर्माण गरेको सटरमा सन्तोषकुमार भगतले सञ्चालन गरेको पसलमा बुधबार राति करिव ८ बजेतिर आगलागी भएको हो । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन् । प्रहरी, स्थानीय तथा धरान उपमहानगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । छोरा कुशलप्रसादले साढे ७ बजे पसल बन्द गरेर गएका थिए । उक्त समयमा लोडसेडिङ भएकाले इलेक्ट्रिक सर्टको सम्भावना न्युन रहेको स्थानीयले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार लोडसेडिङ भएको बेला इन्भर्टर सञ्चालन भइरहेको कारण इन्भर्टरमा समस्या आएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीलाई दिएको निवेदनमा भने करिव ६० लाख रुपैयाको सामग्री जलेको भनेर देखाइएको छ ।