काठमाडौं/ सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन तोलाको ५६ हजार तथा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन तोलाको ५५ हजार ६ सय तथा चाँदी ८ सय २० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि बढेको महासंघले जनाएको छ ।