एमालेको सभास्थल (सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र) को करिव साढे २ किलोमिटर उत्तरतर्फ प्रेसरकुकर बम जस्तो संकास्पद बस्तु फेला परेको छ । राजविराज–रुपनी सडकखण्ड अन्तर्गत पुलमुनी संकास्पद बस्तु फेला परेको हो ।

संकास्पद बस्तु फेला परेपछि उक्त सडकखण्ड अवरुद्ध भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । सभास्थल छेउछाउमा अर्को पनि बम राखिएको हल्ला चलेपछि सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ ।

मधेसी मोर्चाका कार्यकर्ताको व्यापक अवरोधका कारण एमालेले सोमबार राजविराजको राज रंगशालामा गर्ने तय भएको आमसभा तीन किमि टाढाको बसबिट्टी गाविसमा सारेको हो ।