इनरुवा / एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन एमाले अध्यक्ष केपी ओली मधेशी पोशाकमा देखिएको छन् । इनरुवामा भएको जनसभामा पुगेका ओलीले कुर्ता पाइजामामा देखिएका हुन् । मधेशी मोर्चाले एमालेको अभियान मधेश विरोधी भन्दै अवरोध गरिरहेका बेला ओली मधेशी पोशाकमा देखिएका हुन् । मोर्चाले एमालेलाई मधेश विरोधी भनेर प्रचार गरेको छ । एमालेले भने मोर्चाको यो प्रचार चिर्न तथा राष्ट्रिय एकता कायम गर्न आफ्नो अभियान चलाएको बताएको छ । मोर्चाका कार्यकर्ताले भने विरोधमा प्रर्दशन गरेका थिए । इनरुवामा एमालेको छापामार शैलीमा कार्यक्रम सुनसरी– मेची महाकाली अभियान अन्र्तगत जागरण सभा गर्दै हिडेको एमालले आज सुनसरी सदरमुकम इनरुवामा छापामार शैलिमा कार्यक्रम गरेको छ । मधेशी मोर्चाको विरोधकावीच भएको इनरुवाको कार्यक्रममा एमाले अध्यक्ष केपी ओली सहभागि भए पनि उनले कार्यक्रमलाई सम्बोधन गरेनन् । झण्डै २० मिनेट भएको कार्यक्रममा पुर्व मन्त्री तथा एमाले पोलिटव्युरो सदस्य लालबाबु पण्डितले संक्षिप्त सम्बोधन गरे । सम्बोधनका क्रममा नेता पण्डितले एमाले कसैको धाक धम्कीबाट डराउने पार्टी नभएको तथा नुन खाएको कुखुरो नसम्झन चेतावनी पनि दिए । उनले बुद्ध जन्मेको देशमा आतंक मच्चाउनेहरुको कुनै स्थान नहुने भन्दै एमालेले शान्ति र संबिधानको पक्षमा गरेको कार्यक्रमबाट नेपाली जनता खुशी भएको बताए । उनले मधेसलाई माया गर्ने पार्टी एमाले मात्र भएको भन्दै एमालेकै पालामा मधेसमा सवैभन्दा बढि बजेट छुट्याएको बताए । त्यस्तै कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आफु मधेसकी छोरी भएको भनदै एमालेको लोकप्रियताबाट डराउनेहरुले आतंक मच्चाउन खोजेको बताइन् । नेता पण्डित बोल्नै लाग्दा मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउन थालेपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो ।