सप्तरी/ प्रहरीको सुरक्षा घेरा तोड्न खोजेपछि सप्तरीको राजबिराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच झडप भएको् छ । नेकपा एमालेको मेची महाकाली अभियानलाई अबरोध गर्ने गरि मोर्चाका कार्यकर्ताहरु तयारी थियो । प्रहरीले सुरक्षा ब्यबस्था चुस्त राख्न सुरक्षा धेरा बनाएको थियो । तर मोर्चाका कार्यकर्ताले सुरक्षा घेरा तोडेपछि झडप सुरु भएको थियो । औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हाे। मधेसी मोर्चाका तीन नेता घाइते भएका छन् ।   प्रहरीकाे लाठी लागेर मधेसी मोर्चाका जिल्लास्तरी नेता भीम राज यादव र सतिश सिंहसहित तीन जना घाइते भएका छन् । तिन पुर्व प्रधानमन्त्री सहीतकाे एमाले टाेली पनि सप्तरी पुगेकाे छ ।