Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • पम्पिङ गरेर खोलाको पानी

पम्पिङ गरेर खोलाको पानी

alt
  • फागुन २५, २०७३
  • ब्लाष्ट खबर

खोटाङ/ दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पम्पिङ गरेर पानी तान्ने तयारी गरिएको छ ।

बढ्दो सहरीकरण तथा जनसङ्ख्य वृद्धिले नगरपालिकामा खानेपानीको समस्या दिनानु दिन बढ्दै गएपछि पम्पिङ गरेर खोलाको पानी ताल्ने तयारी गरिएको हो ।

बजार क्षेत्रबाट करिब एक हजार २०० मिटर तल रहेको खोलाको पानी बिजुलीमार्फत निकाल्न सर्भेक्षणसमेत गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत सञ्चालन हुने उक्त आयोजनाका लागि यसवर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकामा हाल सञ्चालित पानीको मुहान सुक्दै गएको तथा अन्य ठाउँबाट ल्याउने मुहान नपाएपछि खोलाको पानी तान्ने योजना बनाइएको राप्रपाका नेता अर्जुन राईले बताए।

“दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न उपयुक्त ठाउँमा पानीको मुहान पाइएनँ” उनले भने, “जटिल रुपमा देखिएको समस्या समाधान गर्न पम्पिङ प्रविधि अपनाएर साप्सुखोलाबाट पानी निकाल्ने तयारी गरिएको हो ।” जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको समन्वयमा सञ्चालन हुने आयोजनाको डिटेल सर्भे इगल सोलुसन कन्सलटेन्सीले गरेको छ । आयोजना सम्पन्न गर्न कति बजेट र समय लाग्ने भन्नेमा सर्भेक्षण प्रतिवेदन आउन बाँकी छ । करिब दश ठाउँमा लिफ्ट गर्दै निकालिने पानी मझुवागडीमा जम्मा गरेर वितरण गर्ने योजना बनाइएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले जानकारी दिए ।

“अहिले नगरपालिकामा १५ देखि २० लिटर प्रतिसेकेन्ड पानीको आवश्यकता देखिन्छ” उनले भने, “पम्पिङ प्रविधिको आयोजना सम्पन्न गर्न सके त्यो समस्या समाधान गर्न सकिन्छ ।”

पानी अभावमा बजारवासी, सशस्त्र प्रहरी बेसक्याम्प लगायतलाई सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी पम्पिङ गरेर तान्ने तयारी गरिएको कार्यालयले जनाएको छ । करिब चार हजार घरधुरी रहेको नगरपालिकामा लामो समयदेखि हिउँदमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ ।

नगरपालिकामा अहिले दुई वटा योजनाबाट करिब ६ लिटर प्रतिसेकेन्ड पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान–बेलुका करिब दुई घन्टा वितरण गर्ने व्यवस्था मिलाइए पनि कतिपयको धारामा पानी पुग्दैन ।

सुख्खाग्रस्त क्षेत्र लिच्कीराम्चे र हलेसी क्षेत्रमा नदीको पानी तान्ने तयारी भइरहेका बेलामा नागरपालिकामा पनि खोलाको पानी तान्ने योजना अघि सारिएको बताइएको छ ।

सम्बन्धित समाचार
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना

भद्रपुर । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन मह ...

आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार

धरान । पछिल्लो समय तराईका जिल्लामा ह्वात्तै गर्मी बढ्दा पूर्वको पर्यटकीय ग् ...

झापामा लम्पी स्किन रोगको त्रास

झापामा लम्पी स्किन रोगको प्रकोपले पुनः गम्भीर रुप लिँदै गर्दा राज्यका तर्फब ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पेस्तोलसहित एक भारतीय पक्राउ
सडक निर्माण विवादः सर्लाहीमा गोली चल्योे
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved