धरान/लिम्बुवानी नेता कमल छाराहाङको धनकुटा मुलघाटस्थित तमोर खोलामा अन्त्येष्टी गरिएको छ । छाराहाङलाई धनकुटा नपा–५ स्थित बिहीबारे हटियामा रहेको किरात आठपहरिया समाज नेपालको केन्द्रीय कार्यालयमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यहा विभिन्न पार्टीका नेता, तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । उनको पार्थिव शरीरमा कांग्रेस, एमाले, जनमुक्ति, लिम्बुवानी नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गरे । उनको शनिबार अपरान्ह मोरङको विराटनगरस्थित नोबेले मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । उनको मृत शरीर जन्म जिल्लामा पु¥याइएको थियो । उनको पार्थिव शरीरलाई माथिल्लो कोप्चे, भीमनारायण चोक, बीच बजार, हुलाक टोल हुदै बसपार्क पु¥याएर त्यहा“बाट मुलघाट लगिएको थियो । उनले २०४६ पछि लिम्बुवान आन्दोनलमा होमिएका थिए । लिम्बुवानी आन्दोलनका अभियन्ता मात्रै नभई उनी चिन्तक र लेखकसमेत हुन् । २०४६ अघि उनी पञ्चायत सरकारको बाल कल्याण समितिको केन्द्रीय उपाध्यक्ष र सुकुम्बासी समस्या समाधान आयोगकका केन्द्रीय सदस्यको रुपमा रहेर काम गरेका थिए । उनी असल शिक्षकसमेत हुन् । मुटुको रोगी उनी सुगर र उच्चरक्तचापसमेत थियो । धनकुटाको कार्यक्रमका लागि पुगेका उनी एक्कासी विरामी भएपछि विराटगनर ल्याइएको थियो । जेठा छोरा राजन र कान्छा छोरा सुजन साथै छोरी रानी छाराहाङले दागबत्ति दिएका थिए । पूख्र्यौैली थलो धनकुटा भए पनि उनी छोराहरुसँग विराटनगरमा बस्दै आएका थिए । भर्खरै उनी समाजको केन्द्रीय अध्यक्षसमेत भएका थिए । दुईपटक मुटुको सल्यक्रिया गरिएको थियो । २०१० साल मंसिरमा जन्मिएका उनी ६३ वर्षको उमेरमा शनिबार निधन भएको हो । जनमुक्ती पार्टी हुदै राजनीतिमा प्रवेश गरेका उनी पछिल्लो पटक संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेताको रुपमा थिए । तर, उक्त पार्टीबाट विद्रोह गरेर उनले लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) नामक पार्टी स्थापना गरेका थिए । उनको नेतृत्वमा संघीय गणतान्त्रिक राष्ट्रिय पार्टी समेत स्थापित थियो । २०७१ सालमा साउन १९ गते भेडेटारमा पा“चवटा पार्टी एकता भएसँगै गणतान्त्रिक पार्टीको अस्तित्व समाप्त भएको थियो ।