शनिश्चरे/ मोरङको पथरी शनिश्चरेमा नगर कार्यपालिकामा नेकपा एमालेको प्यानल निर्बिरोध निर्वाचित भएको छ ।

बुधबार मद्यान्ह १२ बजेदेखि डेढ बजेसम्मको उम्मेदवार मनोनयनमा अरु कुनै दल तथा पक्षले उम्मेदवारी नदिएपछि एमाले प्यानल सहितै ५ महिला र ३ दलित अल्पसंख्यक निर्वा्चित भएका हुन् । त्यहाँ नगरपालिकामा निर्वा्चित ५२ जनामध्ये ३३ जना एमालेबाट निर्वाचित हुदा एमालेको बहुमत संख्या रहेकाले अरुले हार्ने अवस्था निश्चित भएपछि एमालेको मात्र उम्मेदवारी परेको हो । जसमा, महिलामा मैनादेवी फुयाँल, अरुणा राई, माया गुरुङ, मैना राई र निर्मला गदाल तथा दलित अल्पसंख्यकबाट भद्रमान विश्वकर्मा, तिलक धिमाल र गीता विश्वकर्मा निर्बिरोध निर्वाचित बनेपनि सोको औपचारिक घोषणा विहीबार हुने निर्वाचन अधिकृत चेतकुमार पोख्रेलले जनाए ।