धरान/बलात्कारको अभियोग पुष्टी गर्दै हरियाणा उच्च अदालतले गुरमित रामरहिम सिंहलाई २० वर्षको जेल सजाय सुनाएको छ ।

‘डेरा सच्चा सौदा’ का गुरु रामरहिममाथि सन् १९९९ मा आफ्नै दुई अनुयायी माथि बलात्कारको अभियोग लागेको थियो । तर, उक्त मुद्दा सन् २००२ मा मात्रै दर्ता भएको थियो । रामरहिमले ती अनुयायीहरुमाथि बारम्बार बलात्कार गरेको अभियोग लागेपछि उक्त घटनाको अनुसन्धान सिविआइले गरिरहेको थियो ।
५० वर्षीय गुरुको विश्वभर ६ मिलियन भन्दा बढी अनुयायी रहेको दाबी गरिन्छ । हरियाणास्थित पचकुल्ला कोर्टमा हाजिर गराउने समयमा उनका समर्थकहरुले गरेको दंगाफसादका कारण हालसम्म ३८ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दंगाफसाद गर्ने दर्जनौं समर्थकहरुलाई पक्राउ गरेको छ । एकसय भन्दा बढी समर्थकहरु घाइते भएको जनाइएको छ ।
पञ्जावको चण्डिगढ र पचकुल्लाको कतिपय क्षेत्रमा हालसम्म पनि कफ्र्यु जारी राखेको छ । सोमबार उनलाई अदालत ल्याउने क्रममा कसैले दंगाफसाद गरेमा प्रहरीलाई गोली ठोक्नसमेत आदेश दिइएको थियो । राम रहिममा हजारौं समर्थकहरुले अहिले पनि उक्त घटना मान्न तयार रहेका छैनन् भने गुरु रामरहिमले पनि बलात्कारलाई सिधै नकार्दै आइरहेका छन् । १० वर्षे जेल सजाय पछि रामरहिमका वकिलले भारतीय उच्च अदालतमा पुनः रिट हाल्ने बताएका छन् ।