Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • विना अनुमति स्वास्थ्य क्लिनिक सञ्चालन

विना अनुमति स्वास्थ्य क्लिनिक सञ्चालन

  • भदौ २८, २०७४
  • ब्लाष्ट खबर

काँकडभिट्टा/ काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । 

आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान रहेको छ । तर दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति नलिई धमाधम उपचार गतिविधि सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रशासकीय अधिकृत देवराज कार्कीले दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति पाइनसकेको बताए। उनीहरुले अनुमति माग्नुभएको हो, तर सञ्चालन स्वीकृति दिइएको छैन’, जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले भन्नुभयो–“स्वास्थ्यसँग सम्बन्धित क्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनुपर्ने कानूनी प्रावधान छ ।” काँकरभिट्टाको बाहुनडाँगी रोडको पूर्वी लाइनमा भाडामा लिइएको एक घरमा दिब्यज्योतिको क्लिनिक स्थापना गरिएको छ । सेन्टरले शल्याक्रियासहितको उपचार शुरु गरेको सञ्चालक डा मोनिका कर्माचार्यले बताए । उनले भने–“जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमति आउने प्रक्रियामा छ उपचार शुरु गर्दै गर्नु भनेकाले सेवा शुरु गरिएको हो ।” उनले जिल्ला जनस्वास्थ्य कार्यालयको ढिलासुस्तीका कारण क्लिनिक सञ्चालनका लागि राजश्वबापतको रकम बुझाएर पनि आफूहरुले अनुमति पाउन नसकेको बताए । उपचार सेवा शुरु गरेको दिब्यज्योतिसँग कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको दिब्यज्योति आई एण्ड एयर केयर सेन्टर प्रालि नामक संस्थाको प्रमाणपत्र मात्र छ । तर कम्पनी दर्ताको भरमा मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले बताए। रासस
सम्बन्धित समाचार
कोशी अस्पतालको वार्षिक २० करोड आम्दानी गुम्दै

विराटनगर । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि विराटनगरको कोशी अस्पताललाई ...

एसियन हाइवे क्षेत्रका घरधनीले आफै घर भत्काउन थाले

इटहरी । निर्माणाधीन एसियन हाइवेअन्तर्गत इटहरी सडक–खण्डको ६ नम्बर वडामा घरधन ...

आजको राशिफलः २०८२ साल असार ३१ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ३१ गते मङ्गलबार, ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी अस्पतालको वार्षिक २० करोड आम्दानी गुम्दै
एसियन हाइवे क्षेत्रका घरधनीले आफै घर भत्काउन थाले
आजको राशिफलः २०८२ साल असार ३१ गते मङ्गलबार
अस्थायी प्रहरी भवन उद्घाटन
मेजर श्रवणकुमारको स्मृतिमा बास्केटबल
गोली प्रहारबाट किशोरीको मृत्यु
शङ्कास्पद रूपमा दम्पती मृत फेला
३१५० केजी गाँजा बरामद
बोर्डविरुद्ध राजनीतिक दलको पत्र
माछालगायतको चोरी पैठारीले स्वदेशी उत्पादनलाई चुनौती
आजको राशिफलः २०८२ साल असार ३० गते सोमबार
प्रतिबन्धित भारतीय माछा नेपाली बजारमा: ३ सय मत्स्यपालक कृषकहरू सङ्कटमा
कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण
बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण
रास्वपाको धरान उपमहानगरकाे सभापतिमा पुनः श्रेष्ठ चयन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved