मोरङ । मोरङको धनपालथान गाउँपालिका-३ भलुवाचोकमा आइतबार मोटरसाइकलको ठक्करबाट तीन जना पैदलयात्री घाइते भएका छन्।

विराटनगर-रंगेली सडक खण्डमा पूर्वतर्फ आउदै गरेको को १२ प ५७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङ रगेली नगरपालिका-२ बस्ने ३३ बर्षिय शन्तोस बस्नेत, सोही ठाउँका ५६ बर्षिय नेत्र प्रसाद अधिकारी, ५२ बर्षिय दिलिप दाहाल र मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका-३ भलुना बस्ने ३२ बर्षिय नारायण राजबंशी घाइते भएका हुन्।

घाइते चारै जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।