काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको एक टोली यसै साता नयाँ दिल्ली जाने भएको छ ।

विद्युत् सम्झौता नवीकरणका निम्ति नयाँदिल्ली जान लागेको घिसिङसहितको टोलीले १ सय २० मेगावाटको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनको नवीकरण गर्नेछ । प्राधिकरणका अनुशार, ढल्केबर–मुजफ्फरपुरसँगको सम्झौता पुस १६ मा सकिँदैछ ।

प्राधिकरण स्रोतले भन्यो, ‘छिट्टै सो प्रसारणलाइनको विद्युत् खरिद सम्झौता नवीकरण गर्न प्राधिकरणको टोली नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।’

कुलमान भन्छन्, ‘२०७६ सालमा विजुली खेर जान्छ’

प्राधिकरणका अनुसार भारतीय विद्युत् कम्पनी ‘एनभीभीएन’ (एनटीपीसी विद्युत व्यापार निगम) सँग सम्झौता नवीकरण गर्न टोली जानेछ ।

यसैवीच, प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणले पहिलो चरणमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने ग्राहक तथा वितरण सेवाका (डीसीएस) कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु गरेको हो ।