गाईघाट/ सिस्नु औषधिकोरुपमा प्रयोग हुन थालेपछि व्यवसायिक खेती सुरु भएको छ । सिस्नो उच्च रक्तचाप, चिनी रोग साथै मानिस र पशुको समेत हात खुट्टा भाँचिएको बेला प्रयोग गरिन्छ ।
गाई, भैसीलाई सिस्नुको खोले ख्वाउन सके दुध समेत बृद्धि हुने शेर्पा आयुर्वेदिक औषधालयका वैद्य तेजनारायण शेर्पा बताउँछन । यो सुत्केरी महिलाका लागि पनि भिटामिनको रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ ।
यसबाट भिटामिन प्रशस्त पाईने भएकोले पहाडि भेगमा तरकारीकै रुपमा छाक टार्ने चलन छ । जंगलमा पाईने बोटविरुवाबाट औषधी मात्र नभई जीविकोपार्जनमा समेत सहयोगी रहेको दिपा मगर बताउछिन ।
सिस्नु खेतीलाई व्यवसायिक रुपले अघि बढाउन स्थानीय लागि परेकाछन् । उनीहरुले लेकाली महिला सिस्नो प्रशोधन केन्द्रको स्थापना गरेका छन् । रौता गाउँपालिका ५ मा सकंलन केन्द्र स्थापना गरी समुहका अति गरिब, एकल र दलित समुदायका महिलाहरु परिचालन गरिएको छ ।
सदस्यबाट आएको सिस्नो सकंलन केन्द्रले प्रति किलो ग्राम ५० रुपियाँमा खरिद गर्ने गरेको मैया विकले बताईन । संकलित सिस्नुलाई केन्द्रमै सुकाईने प्रशोधन केन्द्रका सचिब चन्द्रकुमारी राना मगरको भनाइ छ ।
मगरले सिस्नुलाई घाम र आगोबाट जोगाएर ओसिलो ठाउँमा राख्नु पर्ने बताईन । यसरी सुकाएको सिस्नो औषधि र तरकारीको रुपमा प्रयोग गर्न सकिने गंगा राना मगर बताउँछिन ।
अन्नपूर्णपाेष्टबाट