ताप्लेजुङ/ नेपाल राष्ट्रबैङ्कका सबै शाखाहरु आज शनिबार पनि खुल्ला रहने भएका छन् । अब बैङ्कहरु महिनाको अन्तमा जस्तोसुकै बिदा परेपनी खुला रहनुपर्ने भएको छ ।

बैंकहरुले प्रत्येक त्रैमासिमको अन्तिम साताको २५ गते र त्यसपछिको मसान्त सम्म बिदा परे पनि काउन्टर खोल्नु पर्ने निणय गरे पछि शनिवार पनि बैक खोल्नु पर्ने भएको हो । राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि शाखा खोल्न निर्देशन दिएको थियो ।

बैंकका साथै आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालय, भन्सार, राष्ट्र बैंक पनि त्यो बेला खुला रहने छन् । राजश्व वापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंक तथा क्लियरिङ हाउस पूर्णकालिन खुला राख्न निर्देशन दिएको हो ।

यसको सुरुवाता आज शनिबारबाटै हुने नेपाल बैक लिमिटेड ताप्लेजुङका दिपक भट्टराईले जानकारी दिए । अर्थमन्त्रालयले गत असोज १ गते महिनाको अन्तिम दिन शनिवार वा सार्बजनिक बिदा परेमा पनि बैंकहरु खुला हुनु पर्ने निर्णय गरेको थियो ।