काठमाडौं/ बुधबार नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ ।

मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार बढेर सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । मंगलबार बजारमा चाँदीको मूल्य ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।