Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • पत्रकारको हातेसाङ्लो प्रदर्शनी

पत्रकारको हातेसाङ्लो प्रदर्शनी

alt
  • जेठ २५, २०७६
  • ब्लाष्ट खबर
 
धरान / नेपाल पत्रकार महाङ्घले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज देशभरी ‘हातेसाङ्लो प्रर्दशन गरेको छ । इटहरिमा विहान ११ बजे र काठमाडाैंकाे बबरमहलमा दिउँसो ३ बजेदेखि ४ घण्टासम्म हातेसाङ्लो प्रर्दशन गरेको थियो । प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार सहभागिता रहेको थियो । सबै पत्रकारले हातहात जोडेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रताको सम्मान गर’, ‘संविधानको प्रस्तावको सम्मान गर’ जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा आयोजित सभामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रदत्त गरेको स्वतन्त्रता हनन हुने गरी विधेयक ल्याइएकाले खारेज वा संशोधन गर्नुपर्ने बताए । उनले विधेयकको संशोधनका लागि महासङ्घले राखेका १६ बुँदालाई सम्बोधन गर्नुपर्ने भन्दै विधेयक संशोधन वा फिर्ता नभए सरकारविरुद्ध थप सडक आन्दोलन गर्ने बताए । प्रदर्शनीमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, डा सुरेश आचार्य, कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरेले प्रेस स्वतन्त्रता विरोधी विधेयक रहेकाले संशोधन गर्नुपर्ने बताए । उनीहरुले विधेयकमा रहेको कतिपय कुराले सूचनाको हकलाई पनि निस्तेज पार्न खोजिएकाले संशोधन गर्नुपर्ने बताए । विधेयकको विरुद्धमा महासङ्घ आन्दोलन गर्दै आइरहेको छ । 
 
सम्बन्धित समाचार
बीपीको फार्मेसीका कर्मचारी आन्दोलित

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फार्मेसीमा कार्यरत ...

कक्षा १२ को परीक्षाफलः कोशीमा ५९.८० प्रतिशत उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलम ...

पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला

पाँचथर । पाँच दिनदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका–१ बिरुवाका नाबालक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बीपीको फार्मेसीका कर्मचारी आन्दोलित
कक्षा १२ को परीक्षाफलः कोशीमा ५९.८० प्रतिशत उत्तीर्ण
पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला
६ अर्बः ‘ऋण वा अनुदान’ अन्यौलता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल साउन २१ गते बुधबार
क्लासिक टेकको सपोर्ट क्याम्प
चोरी आरोपमा दुई पक्राउ
खानेपानीमा पहुँच र हाम्रो स्थिति
धरानमा नयाँ बोरिङ सञ्चालनमा आउने
कोशीमा ३४ प्रतिशत जनता मात्रै सुरक्षित खानेपानीको पहुँचमा
भारतीय चिठ्ठा बेच्ने भद्रपुरका यादव पक्राउ
जङ्गली हात्तीले कचनकवलका पाँचवटा घरमा क्षति
संस्कृति जोगाउन लाखे नाच प्रतियोगिता
भटमास, सूर्यमुखी तेल निर्यातले देखाएको क्षणिक चमक
आजको राशिफलः २०८२ साल साउन १९ गते सोमबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved