उदयपुर/ उदयपुरको कटारी नगरपालिका-९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।