धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको तलव बढेको छ ।
नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रतिष्ठान प्रशासनले दिन सहमति गरे पछि उनीहरुको तलव बढेको हो ।

उनीहरुले सरकारले गत बर्षदेखि नै लागु भएको न्युनतम पारीश्रमिक ५१७ रुपैया पाउने भएका हुन् । यस ३९५ दैनिक पाउदैं आएका थिए । आज प्रतिष्ठानका निमित्त उपकलपति प्राडा गुरुप्रसाद खनालले आगामी कार्यकारिणी समितिबाट अनुमोदन गर्ने गरी दैनिक ज्यालादारी कर्मचारीहरुको हकमा यो निर्णय गरेका थिए । केही दिन अघि नीजि कम्पनिबाट सफाई काम गदैं आएका मजदुरहरुलाई मात्र ५१७ रुपैया दिने निर्णय भए पनि प्रतिष्ठान प्रशासनको आलोचभनासमेत भएको थियो । प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानका ज्यालादारी कर्मचारीहरुलाई पनि सरकारले व्यवस्था गरेको न्युनतम ज्याला दिनु पर्ने माग गदैं बुधबार निमित्त उपकुलपति प्राडा खनाल र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलाई ज्ञापन पत्र बुझाएका थिए ।

नेपाल सरकारले गत आर्थिक बर्ष २०७५ भदौ १०देखि लागु हुने गरी दैनिक ज्यालादारीको पारिश्रमिक ५१७ तोकेको थियो । तर, वीपीका कर्मचारीहरुले भने दैनिक ज्याला ३९५ मात्र पाउदै आएका थिए । अव बाँकीरहेको पारिश्रमिकसमेत कर्मचारीहरुले पाउने भएका छन् ।