Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • राष्ट्रियसभामा ‘एमसिसी’का पक्ष विपक्षमा तर्क

राष्ट्रियसभामा ‘एमसिसी’का पक्ष विपक्षमा तर्क

alt
  • माघ ५, २०७६
  • रासस
 
काठमाडाै / राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क गरे  । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे  । एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उहाँले आशङ्का व्यक्त गरे ।
सांसद कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने बताए । साथै उनले वर्तमान कम्युनिष्ट सरकारले द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या शीघ्र सम्बोधन गर्नसमेत माग गरे । बैठकमा सांसद कोेमल वलीले ‘एमसीसी’का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गर्दै यस बारेमा सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क गरे ।
लामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको जानकारी गराउँदै उनले यस विषयमा दातृ निकायको दूतावसासमेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको बताए । सांसद रमेशजङ्ग रायमाक्षीले लोकतान्त्रिक अधिकार हनन हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारवाही हुने र भेटघाट गर्ने गरिएको भन्दै आपत्ति प्रकट गरे ।
उनले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा प्रश्न उठाए । सांसद प्रमिला कुमारीले मधेश आन्दोलनका शहीदको सम्मान गर्दै आन्दोलनका क्रममा बिना कसुर लगाइएका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे। डा बिमला राई पौडेलले परिवर्तनको शुरुआत घरबाटै भने झैँ सङ्घीय संसद् सचिवालयभित्र रहेका बेथिति अन्त्य गरी सुधार गर्न जरुरी रहेको बताए । सांसद मुक्ताकुमारी यादवले तराई क्षेत्रमा प्रशासनकै आडमा अपराध हुने गरेको अरोप लगाउँदै धनुषामा दिलीप भनिने ओपप्रकाश महतो, आफ्ना छोरा लोकेशकुमार यादव तथा कञ्चनपुरमा निर्मला पन्तलगायतको हत्या समेतमा प्रशासनको सहयोग रहेको टिप्पणी गरे ।
केही दिनअघि मात्र अवैैधरुपमा क्रसरको कारोवार गर्ने व्यक्तिले पर्यावरणको संरक्षणमा संलग्न रहँदै आएका दिलीपको टिप्परले किचेर हत्या गरेको बताउँदै हत्यारालाई कडा कारवाही र दिलीपलाई पर्यावरणीय शहीद घोषणा गर्न माग गर्नुभयो । सांसद चक्रप्रसाद स्नेहीले कोटेश्वर–जडीबुटी सुरुङमार्ग र मनोहरा करिडोरका लागि बर्सेनी बजेट विनियोजन भएको तर काम शुरु नहुने गरेको बताए । साथै उनले यस्ता बजेट विनियोजन हुने र काम शुरु नहुने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद रामनारायण बिडारीले काठमाडौँमा कुनै बेला त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म रहेको विशाल टँुडिखेल दिनहुँ अतिक्रमण हुँदै गएकामा चिन्ता व्यक्त गरे । उनले टँुडिखेलको केही भाग नेपाली सेना मातहत रहेको र केही भाग ठेकेदारले कब्जा गरेको भन्दै खाली गराउन सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।
सम्बन्धित समाचार
सरकारी ऋणको भारी थपिँदैः एक महिना १४ अर्बभन्दा बढी सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा १४ अर्बभन्दा बढी सरका ...

हराएकामध्ये ८५ जना झापामा भेटिए

भद्रपुर । झापामा ८५ जना व्यक्ति हराएका छन् । विभिन्न जिल्लाबाट निवेदन परेका ...

मनसुनी हावाको प्रभाव तीव्र, अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको ज ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सरकारी ऋणको भारी थपिँदैः एक महिना १४ अर्बभन्दा बढी सरकारी ऋण
हराएकामध्ये ८५ जना झापामा भेटिए
मनसुनी हावाको प्रभाव तीव्र, अधिकांश स्थानमा वर्षा
झापामा विश्वमै दुर्लभ राजगोमन सर्पको उद्धार
सार्वजनिक सेवामाथि प्रश्नचिह्न
आजको राशिफलः २०८२ साल भदौ १२ गते बिहीबार
किरियामा बसेकामाथि आक्रमण
बीपी प्रतिष्ठानमा हाडजोर्नीसम्बन्धी दुई नयाँ विशेष उपचार सेवा सुरु
धरानको दुर्घटनामा एकको मृत्यु
An Open Protest Letter to President Xi Jinping and Prime Minister Narendra Modi
हैजा नियन्त्रणमा तदारुकता देखाऊ
आजको राशिफलः २०८२ साल भदौ ११ गते बुधबार
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved