Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन भन्दै उपसभामुखले दिइन् राजीनामा

कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन भन्दै उपसभामुखले दिइन् राजीनामा

alt
  • माघ ६, २०७६
  • रासस
 
ब्लाष्टखबर ।  उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गरीन् ।
 
एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताइन् ।
 
आफूले यसअघि सभामुखविहीन अवस्था लामो समयसम्म रहनुहुन्न भनी पटकपटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्न लागेको हो भनिन् ।
 
उनले भनिन्, “समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता हो, संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ ।” राज्यका उच्च ओहोदामा समाजका सबै अङ्गको प्रतिविम्ब झल्कन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्ने बताउँदै उनले यो यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्ने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्नेमा आफू आशावादी रहेको भनाइ राखिन् ।
 
उपसभामुखले भनिन्, “मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु ।” उनले लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णय जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् भन्ने स्पष्ट पार्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिने बताइन् । उनले निर्णय र सार्वजनिक जवाफदेहिताका बीचमा उचित सामञ्जस्यता हुनुपर्नेमा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै भनिन्, “दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए तापनि संवैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ ।
 
उक्त ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानूनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार इमान्दारीका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु ।” उनले कोही कसैले पनि आफ्ना जरा र धरातल भुल्न नहुने तथा स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि आफू सचेत रहेको स्पष्ट पारिन् । उनले भनिन्, “उपसभामुखका रुपमा विगत दुई वर्षसम्म माननीय सदस्यसँग बिताउन पाएको अवधि मेरो जीवनका अविस्मरणीय र सुखद् अवधिका रुपमा स्मृतिमा रहने छन् ।
 
एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अङ्गको नेतृत्व गर्न पाएको अवसरलाई महत्वपूर्ण अवसर ठानेको छु ।” उनले त्यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दललाई जाने उल्लेख गरिन् । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ४ बजे बस्नेछ ।
सम्बन्धित समाचार
सरकारी ऋणको भारी थपिँदैः एक महिना १४ अर्बभन्दा बढी सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा १४ अर्बभन्दा बढी सरका ...

हराएकामध्ये ८५ जना झापामा भेटिए

भद्रपुर । झापामा ८५ जना व्यक्ति हराएका छन् । विभिन्न जिल्लाबाट निवेदन परेका ...

मनसुनी हावाको प्रभाव तीव्र, अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको ज ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सरकारी ऋणको भारी थपिँदैः एक महिना १४ अर्बभन्दा बढी सरकारी ऋण
हराएकामध्ये ८५ जना झापामा भेटिए
मनसुनी हावाको प्रभाव तीव्र, अधिकांश स्थानमा वर्षा
झापामा विश्वमै दुर्लभ राजगोमन सर्पको उद्धार
सार्वजनिक सेवामाथि प्रश्नचिह्न
आजको राशिफलः २०८२ साल भदौ १२ गते बिहीबार
किरियामा बसेकामाथि आक्रमण
बीपी प्रतिष्ठानमा हाडजोर्नीसम्बन्धी दुई नयाँ विशेष उपचार सेवा सुरु
धरानको दुर्घटनामा एकको मृत्यु
An Open Protest Letter to President Xi Jinping and Prime Minister Narendra Modi
हैजा नियन्त्रणमा तदारुकता देखाऊ
आजको राशिफलः २०८२ साल भदौ ११ गते बुधबार
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved