Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • सप्तरीमा एक हजार छोरी बीमित

सप्तरीमा एक हजार छोरी बीमित

alt
  • माघ १४, २०७६
  • रासस
 
सप्तरी /  प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो ।
सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बीमा गराएका हुन् । यो सङ्ख्या प्रदेशका आठ वटै जिल्लामध्ये सबैभन्दा बढी रहेको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका संयोजक प्रियङ्का यादवले जानकारी दिए ।
संयोजक यादवका अनुसार बीमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट रु एक लाख २५ हजार पाउने छन् । शिविरमार्फत बोदेवसाइन नगरपालिकामा १८४, हनुमाननगर कङ्कालिनीमा २९३, डाक्नेश्वरीमा २७६, अग्नीसाइर कृष्णासवरणमा १२१, कञ्चनरुपमा १२४ तथा तिरहुत गाउँपालिकामा २४ छोरीले बीमा गराएका छन् । बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकजनाको नागरिकता र बच्चा तथा अभिभावकको ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको संयोजक यादबको भनाइ छ ।
शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ । माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै आठवटै जिल्लामा एकसाथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ । शिविरमा बीमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका संयोजक यादवले बताए ।
सम्बन्धित समाचार
नाङ्लो ठटाई लुतो फालियो

धरान/किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा येलेतङ्बे सिसेक्पा तङ् ...

धरान इटहरी सडक खण्डमा एकको मृत्यु

धरान । कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डको चारकोशे झाडी क्षेत्रमा म ...

धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट यही असार ३० गते फेसबुकमार्फत् एउटा व ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नाङ्लो ठटाई लुतो फालियो
धरान इटहरी सडक खण्डमा एकको मृत्यु
धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन
ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम
स्व. तारा सुब्बाको सम्झनामा स्मृति सभा
सार्वजनिक सम्पतिमा जनचासो जरुरी
आजको राशिफलः २०८२ साल साउन २ गते शुक्रबार
कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित
इटहरीका प्रमुखले सवारीमा खर्चिए १२ करोड
प्रतिबन्धित औषधिसहित दुई पक्राउ
साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व
सुनसरी उवासङ्घको नयाँ समितिप्रतिको अपेक्षा र जिम्मेवारी
आजको राशिफलः २०८२ साल साउन १ गते बिहीबार
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी
भारतीय अपराधीबाट नेपालमा अपराध
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved