उर्लाबारी/लकडाउनका कारण प्रभावित बनेका विपन्नलाई खाध्यन्न सहयोगका लागि उर्लाबारी नगरपालिकालाई नगद र जिन्सी प्राप्त हुनेक्रम जारी रहेको छ ।
यसैक्रममा शुक्रबार मोरङ क्षेत्र नं.–१ (क) का प्रदेश संसद कुलप्रसाद साम्बाले नगद ५० हजार नगर प्रमुख तथा नगर विपद व्यवस्थापन समितिका संयोजक खड्ग फागोलाई हस्तान्तरण गरेका छन । यसैगरी रोटरी क्लव अफ उर्लाबारीले ५१ हजार ९ सय ८० रुपया“ तथा मोरङ सुनचादी“ व्यवसायी संघ उर्लाबारीले ५१ हजार ४ सय मुल्य वरावरको खाद्य सामाग्री नगर प्रमुख फागोलाई प्रदान गरेको संघका महासचिव ज्ञानु श्रेष्ठले बताएका छन ।