धरान / लकडाउनको समयमा धराने जनातालाई खाद्यान्न अभाव हुन नदिन तथा विपन्न परिवारलाई राहत वितरणका लागि धरान उपमहानगरपालिकाले फुडबैंक बनाएको छ । उक्त फुडबैकमा खाद्यान्न संकलनका लागि सुनसरी उद्योगा बाणिन्य संघका अध्यक्ष गिरीधारी सापकोटा र पूर्व मेयर मनोजकुमार मेयाङ्म्बोलाई जिम्मेवारी दिइएको छ ।
सापकोटा र पूर्व मेयर यति बेला धरानका जनतालाई तनि महिनासम्म बसिबसि खान पुग्ने खाद्यान्न खोज्न जुटेका छन् ।
इटहरी, दुहवी र खनारकामिलबाट दाल, चापल तथा तेल ल्याइएको सापकोटाले बताए । कान्छी मस्लि चामल फुडबैंकमा संकलन गरिएको छ । तीन महिनासम्म धरानमा खाद्यान्न अभाव नहुने उनले बताए । ‘धरानमा भएको खाद्यान्न हामीले चलाएका छैनौं सबै बाहिरबाट ल्याएको छों ।’–अध्यक्ष सापकोटाले भने । धरानको खाद्यान्न कति स्टोक छ भनेरसमेत उद्योग बाणिज्य संघले अध्ययन समिति बनाएको छ । बाणिज्य सचिव सिताराम आचार्यकाे संयोजकत्वमा बनाएको समितिले अध्ययन गरिरहेको छ । धरानमा भएको खाद्यान्नले पनि ७५ दिनसम्मलाई पुग्ने ४५ लाख किलो भन्दा बढी चामल स्टक रहेको बाणिज्य सचिव आचार्यले बताएका छन् ।
यस्तै, धरानमा १७ हजार ६ सय ४७ केजी नुन भएको पनि समितिले जनाएको छ । नुन पनि धरानमा ७५ दिनलाई पुग्ने रहेको संयोजक आचार्यले बताए । यसैगरि, १० हजार ५ सय लिटर खानेतेल र ९६ हजार ९ सय केजी विभिन्न जातको दालहरु स्टक रहेको पनि संघले जनाएको छ । दालमा मुसुरी दाल कम्ती छ भने कालो दाल, रहर दाल, चनाको दाल, मुगको दाल सबै गरेर यो परिमाण रहेको संयोजक आचार्यले बताए ।
सुनसरी उद्योग बाणिज्य संघले फुडबैकमा ५ हजार केजी चामल, ७५ कार्टुन तेल, २४ बोरा नुन, २६ कार्टुन सावुनलगायतका सामाग्री जम्मा गरेको छ । उक्त सामन सबै धरान बाहिरबाट ल्याएको अध्यक्ष सापकोटाले बताए ।
फुड बैकमा हालसम्म ९७ हजार ४३५ केजी चामल
धरान उपमहानगरपािलकाका सूचना अधिकृत तथा सहायता कक्ष परिचालन संयोजक खगेन्द्रप्रसाद खतिवडाका अनुसार फुड बैकमा हालसम्म ९७ हजार ४३५ केजी चामल, ९ हार ३३५ केजी दाल, ११ हजार ४०६ केजी नुत, ११ हजार ३३८ लिटर तेल, ३७ हजार ४४१ केजीआलु, ६४ कार्टुन सावुन, ४ हजार २० केजी न्युटेला संकलन भएको छ । यो डोनेसन र उपमहानगरले खरिद गरेको विवरण हो । हालसम्म विपन्न नागरिकलाई वितरणका लागि प्रत्येक वडामा प्याकेजमा ८ जहार ५ सय प्याकेज खाद्यान्न वितरण भइसकेको छ । प्याकेजमा सानो परिवारलाई १० केजी र ठूलो परिवारलाई १५ केजी चापमलसहित एक एक केजी, आलु नुन, तेल दाल पठाइएको खतिवडाले जानकारी दिए ।