मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको बिपद् व्यवस्थापन तथा राहत कोषमा ८५ बोरा चामल हस्तान्तरण गरिएको छ । शनिबार निजी विद्यालयहरुको संस्था प्यब्सन मिक्लाजुङले ८५ बोरा चामल(१७००) केजी र दुईबोरा आयोडिन नुन १०० पोका हस्तान्तरण गरेको हो ।
शनिबार मिक्लाजुङ गाउँपालिकामा प्याब्सन मिक्लाजुङका अध्यक्ष विकास गुरुङ सहति पदाधिकारीहरु नवराज दवाडी, तुलसी भण्डारी, अमृत खड्का, प्याब्सन मोरङ उपाध्याक्ष सुवाश राई सहतिको टोलीले मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई सो खाध्य सामग्री हस्तान्तरण गरेका हुन ।
कोरना भइरसकोका कारण लकडाउनका कारण दैनीक ज्यालादारी गर्ने र अति बिपन्न तथा गरिब परिवारका सदस्यहरुलाई राहत वितरणमा सहयोग पु¥याउने उदेश्यले ८५ बोरा चामल र २ बोरा नुन गरी करिब ७१ हजार रुपया बराबरको सामग्री हस्तान्तरण गरिएको प्याब्सन मिक्लाजुङका अध्यक्ष विकाश गुरुङले बताए ।
सरकारले तोकेको एकद्धार प्रणली माफर्त राहत वितरण गर्दा प्रभावकारी र बिपन्न बर्गाका नागरिकहरु सम्म राहत पु¥याउन समेत सहज हुने भएकाले स्थानीय सरकारलाई उक्त सहयोग उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । प्याब्सन मिक्लजुङमा १४ वटा विद्यालयहरु रहेकाछन ।