धरान । लक डाउनको समय लम्बिदै गएपछि धरान वडा नम्बर १५ सुसन रोडका अति विपन्न १४३ परिवारलाई शनिबार राहत सामाग्री हस्तान्तरण गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्इ तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले २ लाख बराबरको राहत सामाग्री वितरण गरेका हुन् ।
उनले सोही वडाका वडा अध्यक्ष नरेशकुमार इवाराम मार्फत ती परिवारलाई राहत सामाग्री दिएका हुन ।
वडा अध्यक्ष इवारामले सुसनरोड टोल विकास संस्थाका अध्यक्ष वेदकुमार लिम्बूले उपलब्ध गराएको लाभग्राहीको सूचि अनुसार राहत वितरण गरिएको जानकारी दिए ।
धरान उपमहानगरपालिकाले तोकेको मापदण्डअनुसार १ घर परिवार बराबर १० केजी चामल, ४ केजी आलु, १ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र एक डल्ला साबुन लाभग्राहीले वितरण गरिएको छ ।