धरान । उदयपुरको भुल्केमा १३ जनामा कोरोना संक्रमण देखिएपछि धरानमा उच्च सतर्कता मात्रै अपनाइएको छैन, कतिपय क्षेत्रमा अहिले अपरिचित मानिसहरू प्रवेशमा रोक लगाइएको छ ।

धरान–१३, धरान–१६, धरान–१७ का अधिकांस भित्रि सडकहरूमा अपरिचितहरूलाई रोक लगाइएको सूचनाहरू बाहिर आइरहेका छन् । यसैबीच धरान–२० नम्बर वडा प्रवेशका लागि धरानको एक मात्रै मार्गमा यस्तै गरी सूचना टाँस गरिएको छ ।

सडकमा बासको ढाँट राखेर आउजाउमा रोक लगाइएको हो । धरान–२० नम्बर वडा चुरे क्षेत्रमा पर्छ । जहाँ कृषिजन्य वस्तु उत्पादनको मुख्य थलो मानिन्छ । २० नम्बर वडालाई बेसार र अदुवा जोनका रूपमा नै छुट्याइएको छ । २०६८ को जनगणनाअनुसार धरान–२० मा ३ हजार ३९१ जनसंख्या रहेका छन् । क्षेत्रफलका हिसाबमा सबैभन्दा ठूलो वडा हो । जसको ४८.७२ वर्ग किलोमिटरमा फैलिएको छ ।

जहाँ सरकारले नै बेसार र अदुवा जोनका रूपमा छुट्याएको छ । धरान–२० लाई सुरक्षित राख्नका लागि वडाबासीको पहलमा ढाँट राखिएको हो । धरानमा धेरै वडाहरूले अहिले ढाँट राखेर आउजाउ कम गराएको छ ।

तस्बिरहरूः उपेन्द्र चाम्लिङ

dharan_20_lock_down_barricate_one dharan_20_lock_down_barricate)यलभ 1