ब्लाष्टखबर । मंगलबारबाट माैसमामा परिर्वतन देखिएसंगै  मनसुन सुरू हुनु भन्दा पहिला देखीने परिर्वतन देखीन थालेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ। अहिले मौसममा देखिएको परिवर्तनले मनसुन अघिकाे मैसममा परिर्वतनको सङ्केत गरेकाे महाशाखाले जनाएकाे छ ।

एप्रिल र मे महिनामा प्रिमनसुन ( मनसुन अघिकाे मैसममा परिर्वतन) गतिविधिहरू देखीने भएकाले अहिले सेहि गतिविधि देखीएकाे मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बताएका छन् । 

महाशाखाका अनुसार मङ्गलबार देखि  बिहीबार सम्म सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

 

हाल प्रदेश १, २,बाग्मति प्रदेश र गण्डकी प्रदेशमा मेघ गर्जन,चट्याङ, हावाहुरी लगाएत वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको महाशाखाकाे अधिकारिक ट्विटर मार्फत जनाएकाे छ   ।