ब्लाष्टखबर । कामका लागस भाेजपुर हिडेका ११ भारतीय मजदुर धरानकाे चारकोशे जंगलमा भेटिएका छन् ।
खाेटाे टिप्न भारतबाट भाेजपुर लगिएका उनीहरू लकडाउनका कारणा तरहरा नजिकै चारकोशे जंगलमा रहकाे एक चाैतारामा दिन विताउदैं अाएका छन ।
उनीहरू चैत ८ गते नेपाल प्रवेश गरेका पाइएकाे छ । इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी धर्मराज भण्डारीले 'खाेटाे टिप्न भनेर एउटा कम्पनिले ल्याएकाे रहेछ , मजदुरहरू भएकाले उनीहरूलाई हाेटलमा नराखी जङ्गल नजिकैकाे चाैताराे जस्ताे रहेछ त्यहा बसेका रहेछन् । लकडाउनले भाेजपुर जान पाएका रहेन छन् ।हामीले उद्वार गरेका छाैं ।'
उनीहरूकाे साेमबार नै र्यापिट टेष्ट गरिएकाेमा उनीहरकाे रिर्पाेटमा काेराेनाकाे संकेत नदेखिएकाे र उनीहरूलाई जनता क्याप्सकाे क्वारेन्टाईनमा रखिएकाे डीएसपी भण्डारीले बताए ।