उर्लाबारी । उर्लाबारी नगरपालिकाका कर्मचारीले नगरको विपद व्यवस्थपन कोषमा दश प्रतिशत तलब जम्मा गर्ने निर्णय सगै सहयोगीहरुबाट पनि नगद सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।
नगरपालिका अन्तरगत कार्यरत स्वस्थ्य तथा नगर प्रहरी बाहेकका अन्य कर्मचारीहरुले आफनो मासिक तलबको १० प्रतिशत रकम लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई खाध्यन्नमा सघाउ पुर्याउन जम्मा गर्ने निर्णय गरीएको निमित्व प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरेले बताएका छन ।
नगरका ६८ जना कर्मचारीबाट १ लाख ८१ हजार ८ सय ४० रुपया कोषमा जम्मा भएको हो । यस अघि नगर प्रमुख खड्ग फागोले स्वेच्छिक रुपमा ३ महिना एवं अन्य जनप्रतिनिधिबाट निम्नतम १ महिनाको सेवा सुविधा उक्त कोषमा जम्मा गर्ने कार्यपालिकाले निर्णय गरेको छ । हाल सम्म जनप्रनिधिबाट ८ लाख २५ हजार ५ सय र कर्मचारीबाट १ लाख ८१ हजार ८ सय ४० रुपया गरी १० लाख ७ हजार ३ सय ४० रुपैयाँ कोषमा जम्मा हुने भएको जिन्सी शाखाका प्रमुख नगेन्द्रप्रसाद तिम्सिनाले बताएका छन ।
यसैगरी कोषमा मंगलबार मारवाडी सेवा समाज उर्लाबारी र उर्लाबारी केवल नेटवर्क प्रालिले जनही ५१ हजार प्रदान गरेका छन भने उर्लाबारी–५ निवासी कृष्ण भण्डारीले १५ हजार ५ रुपया तथा नगरपालिकाका अधिकृत नरेन्द्रप्रसाद तिम्सिनाले ११ हजार १ सय १५ रुपया“ प्रदान गरेका नगरपालिको वेव्साईडमा उल्लेख गरीएको छ ।