ब्लाष्टखबर । पत्रकार महासंघ सुनसरीले सुनसरीमा कार्यरत सञ्चारकर्मीलाई ५० वटा ज्याकेट वितरण गरेकाे छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिरहेको बेला अग्रभागमा रहेर समाचार संकलनमा खटिएका पत्रकारको पहिचानका लागि महासंघ सुनसरीले निशुल्क प्रेस ज्याकेट वितरण गरेकाे हाे । महासंघका उपाध्यक्ष सन्ताेष काफ्ले र सदस्य विशाल राइले संचारगृहरूमा पुगेर ज्याकेट वितरण गरेका छन् ।
उक्त ज्याकेटहरु सुनसरी उद्योग वाणिज्य संघले उपलब्द गराएको हो । समाचार संकलनका क्रममा पत्रकारको पहिचान हुन सजिलो होस् भन्ने हेतुले धरानमा कार्यरत पत्रकारको सुरक्षाको लागि ज्याकेट उपलब्द गराइएको संघ अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । संघले उपलब्द गराएको ज्याकेटले फिल्डमा खटिएका पत्रकारहरूलाई सजिलो हुने ब्लाष्ट दैनिकका प्रधानसम्पादक राजकुमार कार्कीले बताए ।