धरान । धरानमा रहेका लायन्स क्लब र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर कमिटीले बुधबार यातायात मजदुरहरूलाई राहत वितरण गरेको छ ।
लकडाउनका कारण समस्यामा रहेका अतिविपन्न ६० जना मजदुरको परिवारलाई राहत वितरण गरिएको हो । प्रतिपरिवार १० केजीका दरले चामल, १ केजी दाल र एक लिटर तेल प्रदान गरिएको छ ।
लायन्स आफैँले बनाएको लायन्स फुड बैंकमा उपलब्ध गराएको खाद्यान्न सामग्री वितरण गरिएको हो । धरानभरि ८ वटा लायन्स क्लबहरू रहेको डिस्ट्रिक ३२५ ए वान डिस्ट्रिक क्याविनेट कोषाध्यक्ष धिरज गुरुङले जानकारी दिए । फुड बैंकमा दन्तकाली धरान लायन्स क्लब, धरान विजयपुर, धरान बूढासुब्बा, भेडेटार पाथीभरा, धरान क्यालिवर, धरान पञ्चकन्या, धरान विजयपुर युनाइटेड र धरान जुम्बा लायन्स क्लब छन् ।
नेपाल यातायात मजदुर संगठनले यो दोस्रो चरणमा राहत दिएको संगठन धरानका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।