ब्लाष्टखबर । लकडानले काठमाडौँबाट घर फर्कन नसकेका  ३८ जनालाई धरान ल्याइएकाे छ । 

धरान उपमहानगरपालिका र धरान काठमाडौँ सरोकार समाजको सहकार्यमा पहिलो चरण अन्तर्गत आज ४ जना बच्चा सहित ३८ जनालाई काठमाडौँबाट धरान ल्याईपुर्याईएको हाे । 

उद्धार गरिएकाहरू धरान ४, ५, १३, १७ र २० नम्बर वडाको रहेकाे उद्धार समितिका संयोजक धरान १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईले बताएका छन् । बस रिजर्भ गरेर धरान ल्याईएका उनिहरूकाे धरान १८  स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतीष्ठानमा स्वास्थ परीक्षाण पछि घर पठाइएकाे भट्टराईले बताएका छन् । उद्धार समितिले अाज र  भाेली गरी थप ३ वटा बसमा अन्यलाई पनि उद्धार गर्ने तैयारी भइरहेकाे भट्टराईले  जनाएका छन् । उनका अनुसार उद्धार गरीएका सवैकाे ट्राभल हिस्ट्री रेकड गरीने छ ।