झापा । तक्षशिला एजुकेशन फाउण्डेशन बिर्तामोडले झापा बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापना कोषलाई ५१ हजार रुपैयाँ सहयोग गरको छ ।
फाउण्डेशनकी अध्यक्ष पूजा गिरी तथा प्रिन्सिपल श्रद्धा गिरी (बोहोरा)को अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार शुक्रबार फाउण्डेशनले सो रकम दिएको हो । फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सो रकम हस्तान्तरण गरेका थिए ।
त्यसैक्रममा नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले नगरका ८ वटा बिद्यालयबाट संकलन गरेको २ लाख ९० हजार ९ सय ५८ रुपैयाँ नगर अध्यक्ष युवराज कट्टेलले नगर प्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई प्रदानगरेका छन् ।
नगरले स्थापना गरेको कोषमा नगद र बस्तुगत सहयोगसहित एक करोड १४ लाख ८२ हजार ४ सय २ रुपैयाँ जम्मा भएको छ ।