यासोक । पाँचथर जिल्लाको सुख्खाक्षेत्र तुम्बेवा गाउँपालिकाका असंगठीत श्रमिकहरुलाई राहत बितरण गरिएको छ । गाउँपालिकाले विपन्न र दैनिक ज्यालाद्धारीका ६ सय घरधुरीलाई राहत बितरण गरेको हो । ५ वटै वडाको अभिलेख संकलन गरी ६ घरधुरीलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।
गाउँपालिकाले प्रतिघरधुरी २५ केजी चामल, तेल, दाल, नुन र साबुन ६ सय घरधुरीलाई बितरण गरेको छ । त्यस्तै तमोर लिफ्टिङ खानेपानी योजनामा काम गर्ने ७ जना भारतीय श्रमिकलाई पनि राहत बितरण गरिएको छ । कोरना भाइरसबाट बच्न गाउँपालिकामा उत्पादन भएको ५ हजार माक्स र अन्य ३ हजार गरी ८ हजार माक्स समेत बितरण गरिएको थापाको भनाइ छ ।
त्यस्तै कोरना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरी जनप्रतिनिधिको १५ दिनको सुविधा बापतको २ लाख १६ हजार, त्यस्तै गाउँपालिकामा अधिकृत कर्मचारीको ५ दिन र अन्य कर्मचारीको ३ दिनको तलब कोषमा जम्मा गरिएको छ । कार्यालयको विपत व्यवस्थापन कोषको २० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । हलसम्म कोषमा २८ लाख, २९ हजार २०८ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ ।