विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि धैर्य भएर ‘लकडाउन’को पालना गर्न सबैसँग आग्रह गरेकाछन् ।
मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुुरा गर्दै
सरकारले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्वास्थ्य र सुरक्षाका सम्पूर्ण उपायको परिचालन गरिएको जानकारी दिए । उनले प्रदेशमा कोभिड–१९ को उच्च जोखिम रहेको ठानेर ‘लकडाउन’ हुुनुु धेरै अगाडि पूुर्वतयारी शुुरु गरेकाले वर्तमान अवस्थामा रोगविरुद्ध लड्न सहज भएको चर्चा गरे । उदयपुुरमा सङ्क्रमितको सङ्ख्या धेरै फेला परेपछि कोभिड–१९को परीक्षणको दायरा फराकिलो बनाई भुुल्केलगायत उदयपुुरलाई वर्तमान अवस्थामा ‘लक’ गरिएको जानकारी उनले दिए ।
मुुख्यमन्त्री राइले उदयपुुरको भुुल्केलगायतका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि परिचालन गरिएको बताए। उनले सरकारले सङ्क्रमितको उपचार र स्वास्थ्य उपकरणलगायतका सम्पूर्ण तयारी पूरा गरिसकेकाले सङ्क्रमितको सङख्या जतिसुकै वृद्धि भए पनि त्यसलाई नियन्त्रणमा राख्न सक्षम रहेको जानकारी दिए ।