धरान ।  धरानमा उपमहानगरपालिकाका मेयर, उपमेयर, परियोजना प्रमुख  लगायत विभिन्न दलका नेताहरू सहितकाे टाेलीले शुक्रबार निर्माणधिन वेलकाे स्थलगत अनुगमन गरेका छन् । 

 अनुगम टाेलीले यस अघि एडिबीसंगअनुरोधमा थपिएका २ वटा वेलकाे बस्तु स्थितिकाे बारेका  स्थलगत अनुगमन गरेकाे थियाे । चारकोशे जंगलमा थपिएका   ति वेलहरूबाट निर्माण पछि कति पानी  आउने भनेर मापन गरिरहेको  उपमेयर मञ्जु भण्डारीले बताइन । 

३ वटा वेलको लागी अनुरोध गरेपनि फिल्ड हेरेर एडिबीले २ वटाको स्विकृति भएकाे बताउदै  उपमेयर भण्डारीले केही इन्टरकनेक्सनको कारण समेत पानीमा समस्या देखिएकोमा पर्याप्त पानी होस भनेर दुईवटा पम्पहरू थप गरिएको  बताइन् ।

 उलने भनिन, यसले संस्थान तत्काल मर्ज नभएपनि नियमित रूपमा पानी पठाउनका लागी यो विकल्प रोजेका छाैं । जनतालाई सहज रूपमा पानी पुर्याउनुपर्छ भन्ने उद्देश्यका साथ तयार पारिएको यो विकल्पले अवश्य काम गर्ने उनले बताइन ।

दुईवटा वेल थपिएपछि धरानमा जम्मा ९ वटा वेल भएको धरान खानेपानी आयोजना प्रमुख राजु पोखरेलले बताए । हामीसंग केन्द्रीय प्रशारणमा ४ वटा वेल भएकोमा २ वटा थप भएको छ । उदय वनमा रहेको ३ वटा गर्दा जम्मा ९ वटा वेल भएको छ ।

नयाँ २ वटा वेल मध्ये एउटाबाट २० लिटर र अर्कोबाट २५ लिटर पानी प्रति सेकेन्डको दरले पानी मापन गरेका छाैं । उनले भने, अहिले विकासको चरणमा छ, यसको निश्चित परिमाण भने केही दिनमा निस्कनेछ । यसमा केही फरक हुन सक्ने उनले बताए ।

पहिलेको ठेकेदारसंगको सम्झाता सकिने बेला एडिबीले थप २ वटा वेलको लागी सहमती दिएपछि नयाँ प्रकृयाबाट अर्को ठेकेदार मार्फत वेल निर्माण गरिएको हो । यो वेल विकासको चरणमा भएकाले संचालनमा आएको छैन । हाल पहिले भएकै सिस्टमबाट नै पानी वितरण भइरहेक पोखरेलले बताए ।

धरानमा खानेपानी बोर्ड र संस्थान एक नभएको अवस्थामा सहज तरिकाले निरन्तर रूपमा पानी वितरण गर्न नसकिरहेको बेला थपिएको वेलले केही हदसम्म आपुर्ती सहज बनाउने उपमेयर भण्डारीले बताइन । 'धरानमा पानीको परियोजनाको डिपीआर तयार हुँदा नै बोर्ड र संस्थान मर्ज भएर संचालन हुने भनिएको छ । मर्ज भई आउने १ करोड ९२ लाख लिटर पानी दैनिक रूपमा धरानमा वितरण गर्ने डिजाइन हो ।' उनले भनिन, 'मर्ज नभएसम धरानमा सहज रूपमा पानी आपुर्ती गर्न सकिन्न । त्यसको लागी दुईवटा वेल थपे पनि दिर्घकालिन रूपको लागी मर्ज एउटै विकल्प रहेको छ ।'

हाल बोर्ड र संस्थानको पानी एउटै पाईपलाईबाट वितरण भइरहेकोले गर्दा जनताले पानीको महशुल कहाँ बुझाउने भन्ने दुविधा समेत भइरहेको छ । 'यो परियोजना सुरू गर्दाको परिकल्पान अनुसार धरानको जनताले तिरेको पैसा धरानको विकासको लागी नै प्रयोग गर्ने भन्ने हो । तर संस्थाबाट भने धराने जनताको पैसा अन्य ठाँउको कर्मचारीको पालिने देखिन्छ ।' उनले भनिन, 'धराने जनताले खानेपानी बोर्डमा पैसा तिरेपछि बोर्ड आर्थिक रूपमा सबल बनि उपमहानगरपालिकालाई समेत दायित्व बुझाउनेछ । त्यो रकम धरानको विकासका लागी ठुला परियोजनामा लगाउन सकिन्छ ।'

मर्ज नहुँदा कतै बिग्रीए कस्ले निर्माण गर्ने भन्ने दुविधा देखिने गरको छ । यसले गर्दा जनताको समस्य नसुनेको वा नदेखेको जस्तै भएको उपमेयर भण्डारीले बताइन । यता बोर्ड नयाँ संरचनाबाट संचालित अत्याधुनिक भएकोले नयाँ तरीकाले पानी वितरण गर्न सकिने उनको ठम्याइ छ । मर्ज नभएकाले कर्मचारीको क्षमता विकासको लागी समेत काम गर्न नसकिरहेको उनले बताइन ।