लक्ष्मीमार्ग । बेलबारी नगरपालिकाले काठमान्डौमा अस्थाई रुपमा बस्दै आएका र हाल लकडाउन अवधीमा घर आउन चाहाने ३सय १५ जनालाई बेलवारी स्थीत शनिबार घरमा ल्याईएको छ ।

विषेशगरी बिद्यार्थी, मजदुर तथा विभिन्न कामले काठमान्डौमा गएर लकडाउनका कारण समस्यामा रहेका नगरबासीहरुको उदार गरीएको हो । ५ वटा बसमा उनिहरुलाई काठमाण्डौको बिभिन्न स्थानबाट नि:शुल्क रुपमा बेलबारी नगरपालिका ल्याइएको बेलबारी नगरपालिकाकी मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

बाहिरी जिल्लाबाट आएका नागरिकलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा बस्न आग्रह गर्दै नगरपालिकाले उद्धार गरीएका यात्रुहरुको ज्वरो नापेर मात्रै घर सम्म पुर्याएको थियो ।

उद्धार गरीएकाहरु काठमान्डौ देखीनै घर सम्म गाडिमै पठाइएको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदीले बताए । अहिले आउनेको अबस्था सामान्य देखिएको छ नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले भने उनिहरुको ज्वरो नापेर मात्रै घर पठाइएका छौ । सबैजना स्वास्थ्यकर्मीको निगरानिमा राखिने समेत उनले बताए ।