उर्लाबारी । भारतसगँ सिमना जोडीएको दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको कोरोना भाईरस रोकथाम तथा प्रतिकार्य कोषमा एक महिनाको अवधीमा २२ लाख ७१ हजार ९ सय ६९ रुपया जम्मा भएको छ ।

  उक्त कोषमा चैत्र १३ नगरपालिकाका जनप्रतिनिधीबाट एक महिनाको सेवा सुविधा वापत ६ लाख ६३ हजार जम्मा गरी शुरु गरीएको उक्त कोषमा एक महिनाको अवधीमा २२ लाख ७१ हजार ९ सय ६९ रुपया पुगेको नगर प्रमुख एवं कोषका संयोजक रविन राईले बताएका छन ।

 कोषमा मोरङ क्षेत्र नं.–१ का संघिय संसद डा. मिनेन्द्र रिजालले ५० हजार, प्रदेश संसद शिवनारायण गनगाईले १८ हजार, सामुदायीक बिद्यालयका शिक्षकबाट ७ लाख ५९ हजार १ सय १६ रुपया, नगरपालिकाका कर्मचारीबाट २ लाख ८४ हजार ७ सय ८३ रुपया, नेपाली कांग्रेस रतुवामाई नगर समितिबाट १ लाख १ हजार, रतुवामाई प्याब्सनबाट ६५ हजार ५ सय ५५ रुपया सहित १२ जना व्यक्ति र  २५ वटा संघ–संस्था, सहकारीले सो सहयोग प्रदान गरेका नगरपालिका सचिवालयका कर्मचारी सुजित जैसवालले बताएका छन ।

  कोषमा दाताहरुबाट प्राप्त सहयोगलाई व्यवस्थापन गरी पहिलो चरणमा लकडाउनबाट प्रभावित बनेका नगरमा ५ हजार १ सय ९६ विपन्न परिवारलाई राहत वितरण गरेको नगर प्रमुख राईले बताएका छन