लक्ष्मीमार्ग/बेलबारी नगरपालिकाले काठमाडाैंमा अस्थाई रूपमा बस्दै आएका र हाल लकडाउन अवधिमा घर आउन चाहाने ३सय १५ जनालाई बेलबारीमा शनिबार घरमा ल्याइएको छ ।
विशेष गरी विद्यार्थी, मजदुर तथा विभिन्न कामले काठमाडाैं गएर लकडाउनका कारण समस्यामा रहेका नगरवासिहरुको उध्दार गरिएको हो । ५ वटा बसमा उनीहरूलाई काठमाडाैंकाे बिभिन्न स्थानबाट बेलबारी नगरपालिका ल्याइएको बेलबारी नगरपालिकाकी मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बाहिरी जिल्लाबाट आएका नागरिकलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बस्न आग्रह गर्दै नगरपालिकाले उद्धार गरिएका यात्रुहरूको ज्वरो नापेर मात्रै घर पठाइएकाे थियो ।