लक्ष्मीमार्ग । नेपाली कांग्रेस माेरङका सह सचिव तथा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाललाई मातृशाेक परेकाे छ ।
ढकालकी आमा इन्द्रकुमारीको ७८ वर्षको उमेरमा साेमबार बिहान बिराटचोक स्थीत आफ्नै निवासमा निधन भएको हाे ।    इन्द्रकुमारीको श्रीमान,चार छाेरा र तीन छाेरी रहेका छन् । नगर प्रमुख शिवप्रसाद इन्द्रकुमारीका माइलो छाेरा हुन् । सुनसरीको इटहरीस्थित वुढीगंगा घाटमा साेमबार बिहान उनको अन्त्येष्टि गरिसकिएको परिवारले जनाएको छ ।