ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को प्रदेश १-०१-००१ त ८२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई ट्याक्टर पल्टिदा चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको हाे ।

ट्याक्टर पल्टिएर सडक देखि अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा भएकाे थियाे ।

दुर्घटनामा परी ट्याक्टरका सह-चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाईते सह-चालककाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेकाे छ ।