कानेपोखरी/राष्ट्रिय युवा जागरण मञ्च कानेपोखरीको अध्यक्षमा प्रकाश धिमाल चयन भएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिकास्थित नेपाल आदिवासी जनजाति भवनमा भएको भेलाले धिमाल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा भूमिकुमार दुलाल, रत्निमाया धिमाल, बिध्यानन्द चौधरी, सचिवमा सन्जिब काफ्ले, सहसचिवमा खगेन्द्र बराइली, कोषाध्यक्षमा सुरज रौनियार चयन भए । यस्तै समितिको अन्य सदस्यहरूमा सुजन नेपाल, अनिश न्यौपाने, डिल्ली कटुवाल र दिपक माझी रहेका छन् ।
मञ्चको संरक्षकमा मनोजकुमार राजबंशी र सल्लाकार समितिको संयोजकमा भोजवीर माझी रहेका छन् । स्थानीय तहमा सामाजिक रूपान्तरण र जनचेतनामूलक कार्यक्रम गठन भएको मञ्चले गर्ने अध्यक्ष धिमालले जानकारी दिए । उनले बेरोजगारी युवाहरूलाई स्वरोजगार बनाउँदै कूलत, दुव्र्येसनीमा लागेका युवालाई सचेतना गराउने उनको भनाइ छ ।