Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • आगामी आवको बजेट : विद्युत् व्यापारका लागि पूर्वाधार

आगामी आवको बजेट : विद्युत् व्यापारका लागि पूर्वाधार

alt
  • वैशाख २८, २०७७
  • रमेश लम्साल (रासस)

ब्लाष्टखबर ।  सरकारले विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार पार्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने भएको छ । कोरोनाका कहरका कारण चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनासमेत पर धकेलिएको सन्दर्भमा आगामी आवमा ती परियोजनासमेत सम्पन्न हुनेछन् ।

चालू आवमा कूल एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप हुने लक्ष्य राखिएको थियो । काम सञ्चालन हुने समयमा आइपरेको कोरोनाका कारण पर धकेलिएका आयोजनासमेत आगामी आवमा निर्माण सम्पन्न हुनेछन् । सरकारले विद्युत् व्यापारका लागि भारत र बङ्गलादेशसँग पहल गर्दै आएको छ । विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने तयारी थालेको छ ।

नेपाल र भारतबीच ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण तथा लगानीको ढाँचाका विषयमा समेत टुङ्गो लगाइसकेको छ । आगामी आवदेखि नै नेपालको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन देखापर्ने र विद्युत् खेरसमेत जाने अवस्थालाई दृष्टिगत गरी सरकारले निर्यातका लागि पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । नेपाललाई आवश्यक पर्दा खरीद गरेर ल्याउने र बढी हुँदा निर्यात गर्ने लक्ष्यका साथ पूर्वाधारमा ध्यान दिन लागिएको हो ।

सङ्घीय संसद्मा आज आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि बजेट परिचालन गरिने जानकारी दिनुभएको हो । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई वर्तमान सरकारले शुरुआती चरणदेखि नै विशेष प्राथमिकतामा राख्दै आएको छ । तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सरकारले अल्पकालीन योजनाको लक्ष्य भने पूरा हुने चरणमा पुगेको जनाएको छ । निर्माणका क्रममा मात्रै कूल तीन हजार ६०० मेगावाट क्षमताका आयोजना छन् ।

तीमध्ये झण्डै एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । त्यस्तै, पाँचवर्षे लक्ष्यअनुसार कूल छ हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । सरकारले चीन र भारत जोड्ने ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई जोड दिएको छ । रातमाटे–केरुङ प्रसारण लाइनको समेत विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । सो प्रसारण लाइनसमेत शीघ्र निर्माणमा जाने तयारीमा छ ।

सो आयोजना कूल ४०० केभीको हो । यस्तै सरकारको निरन्तर प्रयासका बाबजुत बङ्गलादेशले समेत नेपालमा लगानी गर्ने लक्ष्य राखेको छ । सन् २०४० सम्म नोलबाट नौ हजार मेगावाट विद्युत् लैजाने लक्ष्य राखेको बङ्गलादेशले भारतीय भूमि प्रयोग गरेरै भए पनि प्रसारण संरचना बनाउने र त्यसका लागि त्रिदेशीय सहमतिको पहल गरिरहेको छ । नेपालका तर्फबाट पनि विद्युत्को बजार खोज्ने क्रममा बङ्गलादेशसँग उच्च राजनीतिक तहमा समेत निरन्तर संवाद जारी छ ।

बङ्गलादेशले भारतीय लगानी रहने माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत् लैजाने सहमति गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत्को बजार खोज्न निरन्तर प्रयत्न गरिरहनुभएको छ । यस्तै आगामी आर्थिक वर्षमा अधिकतम जिल्ला र क्षेत्रमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई समेत विशेष प्राथमिकतामा राखिएको छ । चालू आर्थिक वर्षमा कूल ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको भए पनि कोरोनाका कारण जटिलता पैदा भएको छ ।

प्रदेश नं २ मा भने कोरोनासँग जुधेरै भए पनि धेरैभन्दा धेरै स्थानमा विद्युत् पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ । यस्तै विद्युत् सेवा नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विद्युत् पु¥याउने लक्ष्य राखेको छ । विद्युत् आपूर्तिलाई भरपर्दो बनाई विद्युत्को आन्तरिक खपत बढाउन थप प्रोत्साहन गर्ने लक्ष्य राखेको सरकारले आगामी आवमा दिगो ऊर्जाको उपलब्धता र कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान दिने भएको छ ।

आधुनिक र स्वच्छ ऊर्जामा सबै नेपालीको पहुँच स्थापित गर्न शुरु गरिएका आयोजनाको कार्यान्वयनलाई तीव्र पार्ने छ । जलविद्युत्, सौर्य, जैविक, वायु लगायतका नवीकरणीय ऊर्जाको विकास गर्ने समेत सरकारको सोच रहेको छ । यसैगरी जलस्रोतको दिगो र बहुआयामिक उपयोग गर्ने गरी बजेट व्यवस्था गर्ने सोच राखेको सरकारले प्रतिफलका आधारमा सम्भाव्य देखिएका नदी पथान्तरण आयोजनाको निर्माण गर्ने ध्येय राखेको छ ।

चालु आवमा नै नदी पथान्तरण आयोजनाका रुपमा रहेको सुनकोशी–मरिन याडभर्सन आयोजनाको काम शुरु भइसकेको छ । यस्तै भेरिब बई डाइभर्सन आयोजनाको कामसमेत चालू हालतमा रहेको छ । सुरुङ निर्माण सम्पन्न भएको सो आयोजनाको हाल विद्युत् गृह र बाँधस्थल निर्माण भइरहेको छ । नदी नियन्त्रणका आयोजनालाई व्यवस्थित रुपमा अगाडि बढाउने र नदी नियन्त्रणबाट जमीन उकास गरी त्यसको बहुउपयोग गर्ने सरकारले लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार
एक वर्षमा २४ हजार फरार अभियुक्त पक्राउ

काठमाडौँ । आर्थिक वर्ष २०८१?०८२ मा नेपाल प्रहरीले फरार अभियुक्त पक्राउमा उल ...

आयुर्वेद प्रवद्र्धनमा कोशी प्रदेशको अग्रसरता

विराटनगर । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्दे ...

सर्वोेच्च अदालतको कडा आदेशः सामाजिक सञ्जाल दर्ता अनिवार्य

काठमाडौं । सर्वोेच्च अदालतले नेपाल सरकारलाई सामाजिक सञ्जाल र अनलाइन मिडिया ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
एक वर्षमा २४ हजार फरार अभियुक्त पक्राउ
आयुर्वेद प्रवद्र्धनमा कोशी प्रदेशको अग्रसरता
सर्वोेच्च अदालतको कडा आदेशः सामाजिक सञ्जाल दर्ता अनिवार्य
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान
जलप्रकोपमा रोकथाम र व्यवस्थापनको खाँचो
आजको राशिफलः २०८२ साल भदौ ३ गते मङ्गलबार
पब्लिक हाईस्कुलको सुधार यात्राः सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको अभ्यास
कांग्रेस नेता मीन विश्वकर्माले बीपी प्रतिष्ठानको उपकुलपतिमा १५ जनाले आवेदन दिएको दाबी भ्रामक
कमेन्टमा मार्ने धम्की दिने विरुद्ध साइबर अपराधमा मुद्दा
रथ तान्न भारतदेखि बङ्गालसम्मका श्रद्धालु
श्याम चोक महिला समूहद्वारा तीज कार्यक्रम
नेपाल अन्तर्राष्ट्रिय ग्रेलिष्टमा किन सधैंभरि
आजको राशिफलः २०८२ साल भदौ २ गते सोमबार
बेपत्ता अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला
विराटनगरको राधाकृष्ण रथयात्रा आज: ड्रोनबाट निगरानी, उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिने
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved