विजयपुर/लकडाउनको समयमा समस्या पर्नेहरुका लागि रेल्वे युथ क्लब धरान–१७ ले ‘कोभिड–१९ राहत सहयोग कोष’ स्थापना गरेको छ ।

हाल दोस्रो लहरको कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको छ । यसबाट नेपाल पनि अछुतो रहेन ।

यसले दैनिक सयौँको संख्यामा मानवको मृत्यु भइरहेको छ  । धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । भाइरसले देश नै आक्रान्त भइरहेकाले रोकथामका लागि जिल्ला प्रशासन कार्यलय सुनसरीले जेष्ठ–१५ गते सम्म लकडाउन गरेको छ ।

लकडाउनका समयमा आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई बिहान बेलुका हातमुख जोड्नसमेत धौ धौ भइरहेको छ ।

गत वर्षको लकडाउनमा स्थानीय सरकार र विभिन्न समाजिक संघसंस्थाले राहत वितरण गरेका थिए । तर, अहिले सामाजिक संघसंस्थाले पनि गतवर्ष जस्तो राहतका प्याकेज लिएका छैनन् ।

स्थानीय सरकार ले त राहतका विषयमा सोचेको पनि छैन होला । कतिपय परिवार व्यक्तिलाई लकडाउनमा समस्यामा पनै थालेका छन् । विषम परिस्थितिमा धरान–१७ का अति विपन्न, गरिब, ज्यालादारी गरि खाने तथा समस्या परेको व्यक्ति, परिवारलाई धरान–१७ कै रेल्वे युथ क्लबले मलम लगाउन थालेको छ ।

क्लबले वडावासीलाई खाद्यान्न, औषधी, निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । निस्वार्थ उदेश्यले ‘रेल्वे युथ क्लब’ ले ‘कोभिड–१९ राहत सहयोग कोष’ स्थापना गरेको छ ।

क्लबले ४३ हजार ६ सय ८० रुपैयाँ बराबर कोषमा जम्मा गरेको अभियानका संयोजक नरसिंह राईले बताए । उनले धरान–१७ मा  बस्ने वडावासी आर्थिक अवस्था कमजोर भई समस्या भएमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

अभियानमा आवश्यक परेकाहरुलाई खाद्यान्न सामाग्री , औसधि सेवा सहित कोभिड संक्रमण भएकाहरुलाई आर्थिक सहयोग समेत गर्ने संयोजक राइले जानकारी दिए । उनले सरकार  बिपन्नहरु प्रति संबेदनसिल नभएकोसमेत बताए ।

rahat2