धरान । विश्वकै सर्वोच्च स्थानमा प्रमाण पत्र पाउनेमा गायक, निर्देशक साथै सञ्चारकर्मी फुर्वा शेर्पाले नयाँ रेकर्ड बनाएका छन् ।
सन् २००४ मा ‘गीत एक अक्षरको’ नामक एल्बममा ‘म’ वर्ण मात्रै प्रयोग गरिएको ‘मिर्मीमा’ बोलको गीतमा गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल भएका छन् । उक्त वल्र्ड रेकर्डको प्रमाण पत्र उनले सरकारमाथाको वेसक्याम्पमा प्राप्त गर्दै विश्वको सर्वोच्च स्थानमा प्रमाण पत्र पाउने व्यक्तिको रुपमा पनि दर्ज भएका छन् ।
युकेस्थित वल्र्ड बुक अफ रेकर्डले उनलाई सगरमाथाको वेसक्याम्पमा प्रमाण पत्र हस्तान्तरण गरेको हो ।