शब्दयात्रा प्रकाशनले २०७८ सालको सिर्जना सम्मान अन्वेषक भरत जङ्गम (भक्तपुर) को कृति नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण नामक अन्वेषणात्मक पुस्तकका लागि समर्पण गर्ने भएको छ ।

शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकमध्ये सर्वोत्कृष्ट पुस्तकलाई समर्पण गरिने यो पुरस्कार २०७७ सालमा प्रकाशन भएका १५ पुस्तकमध्ये पाठक मतका आधारमा जङ्गमको कृति सर्वोत्कृष्ट ठहरिएको हो । 

भीमभक्तमानसिंह बस्नेतको नाउँमा स्थापित यस सम्मानको आर्थिक व्यवस्थापन कल्याण लम्सालले गरे । यसैगरी आफ््ना विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनाका साथै आफू आबद्ध शैक्षिक संस्थाको हितमा समर्पित शिक्षक प्राध्यापकलाई समर्पण गरिने शिक्षक सम्मान २०७८ का लागि पंञ्चकन्या बहुमुखी क्याम्पसको नेपाली विभागका प्रमुख रहेका प्रा.डा. नन्दीश अधिकारी (भोजपुर) लाई समर्पण गरिने घोषणा गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिए । अंगुुरबाबा जोशीको नाउँमा स्थापित यस सम्मानको आर्थिक व्यवस्थापन निर्मलाकुमारी यगोल श्रेष्ठले गरिन् । 

कवि नन्दीकेश्वर अधिकारी र उनका साहित्यिक वंशजका विषयमा शोध–अनुसन्धान र प्रसारप्रसार गर्ने व्यक्ति अथवा संस्थालाई समर्पण गरिने शोध सम्मान हरि मञ्जुश्री मोति महोत्सवमा सक्रिय रही उनका विषयमा साढे छ सय पृष्ठको शब्दकलाका नायक पुस्तकको संयुक्त सम्पादन गरेकामा निर्मला श्रेष्ठ काभ्रेपलाञ्चोकलाई समर्पण गरिने भएको छ । नन्दीकेश्वर अधिकारीको नाउँमा स्थापित यस सम्मानको आर्थिक व्यवस्थापन गीता अधिकारीले गरिने ।  

प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मानित व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी नाम छनोट गरेर नामावली उपलब्ध गराएका आधारमा घोषणा गरिएको उनले जानकारी दिए ।

 उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वमध्ये तीनजनाको नाम छनोट गरेको हो । बाँकी छजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । दोस्रो चरणमा पनि नौ गरी प्रकाशनले प्रत्येक वर्ष १८ स्रष्टालाई सम्मान गर्ने गरेको छ । सम्मानपत्र, किरिट र रु.पाँच हजार राशिसहित सम्मानित गरिने जनाइएको छ ।