पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले अतिअशक्त भई कष्टकर जीवनयापन गरिरहेका चारजनालाई ट्राईसाइकल वितरण गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा अपाङ्गता भएको व्यक्तिहरुको समूहका अध्यक्ष नगेन्द्र बस्नेत, स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डरी, न्यायिक समितिका उजुरी प्रशासक डम्बर खरेललगायतको उपस्थितमा चारवटा ट्राईसाइकल वितरण गरेको हो ।
कम्मर मुनिको भाग पूर्णरुपले नचल्ने वडा नम्बर १ का खड्बहादुर थापा, जाभेल मुर्मु, वडा नं. ३ का गोविन्द चौधरी, वडानम्बर ७ का कमल पाण्डेलाई दैनिक सहजताको लागि ट्राईसाइकल प्रदान गरेको हो ।