विराटनगर । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन मोरङ औपचारिक रुपमै विभाजित भएको छ ।

संगठनमा विभिन्न समयमा नेतृत्व गरेका र जिम्मेवारीमा रहेका नेतृत्व गरिसकेका व्यक्तिहरुले शनिबार विराटनगरमा छुट्टै भेला आयोजना गरी संगठन पुनर्गठन गरेको घोषणा गरेसँगै विभाजनले औपचारिकता पाएको हो ।

भेलाबाट हरि सुवेदीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सुवेदीका अनुसार भेलाले दुई जना पछि थप गर्ने गरी १९ जनाको कमिटी गठन गरेको छ ।

भेलाबाट मोरङ जिल्ला उपाध्यक्षमा दिपेन्द्र रेग्मी र डा. खिला बोगटी, सचिवमा रविन्द्र कार्की, सहसचिवमा अर्जुन दाहाल र कोषाध्यक्षमा विश्वमणि न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, यादव देवी सुवेदी, पोषण खनाल, दुर्गा नेपाल, मनोज साह, गणेश गुरागाई, खड्गा खत्री, हरि कट्टेल, विवेक तिम्सिना, चन्द्रकला भट्टराई, ओमप्रकास यदाव र देवराज अधिकारी रहेका छन् । 

भेलाले अमृत गिरी, रामकाजी कार्की, बिन्दु निरौला, सन्तोष काफ्ले, बिष्णु दुलाल र जानकीप्रसाद अधिकारीलाई केन्द्रीय प्रतिनिधि चुनेको छ ।